ग्लोबल आईएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आईएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न बैंकको क्रेडिट कार्ड हुने ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ। 

आईएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजना अन्तर्गत हाल अन्नपूर्ण बेसक्याम्प, मुक्तिनाथ, थाइल्याण्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको जनाएको छ। 

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३,२१० रूपैँया र विदेश भ्रमणको लागि ६,००० रूपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो। 

बैंकको क्रेडिट कार्ड हुनेहरूले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्नुपर्ने जनाइएको छ। 

यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहनेहरूलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट प्रदान गरेको छ। 

सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको यस बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन्।  

३ बैशाख, २०८१, १९:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।