जब नयाँ वर्षदेखि हराइरहेका युवकको चप्पल र झोला भेटियो...

जब नयाँ वर्षदेखि हराइरहेका युवकको चप्पल र झोला भेटियो...

पोखरा : घरबाट हराएका एक युवकको शव तीन दिनपछि सोमबार सेती नदीमा फेला परेको छ। 

कास्कीको माछापुच्छ्रे–१ करूवाका २५ वर्षीय जगत पुन मृत फेला परेका हुन्। 

नयाँ वर्षको पहिलो दिन घरबाट निस्केपछि उनी फर्किएका थिएनन्। नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो। 

घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि सेती नदीको खोँचमा खोजी सुरू गरिएको थियो। 

वडा प्रहरी कार्यालय बगर, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले करिब १५० मिटरको खोँचमा खोजी गर्दा उनको शव सेती नदीमा ३ मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

पुनको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

३ बैशाख, २०८१, १८:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।