अष्ट्रेलिया चक्कु प्रहार घटनामा आरोपीको प्रमुख ‘टारगेट’ नै महिला

अष्ट्रेलिया चक्कु प्रहार घटनामा आरोपीको प्रमुख ‘टारगेट’ नै महिला

एजेन्सी : अष्ट्रेलियाको प्रहरीले सिड्नीको एक मलमा चक्कु प्रहार गर्ने पुरुषको निशाना महिला नै भएको देखिएको बताएको छ।

४० वर्षीय जोएल काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेका थिए।

यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला छन्। यस आक्रमणमा एक बालिका सहित धेरै जना घाइते भएका छन्।

न्यु साउथ वेल्सका प्रहरी आयुक्तले एबीसी न्यूजलाई भने, ‘स्पष्ट रूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको थियो।’

उक्त हमलामा ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिरको पनि मृत्यु भएको थियो। फराज ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए।

फराज ताहिर एक शरणार्थी थिए र उनी अष्ट्रेलिया आएको धेरै समय भएको थिएन। यस हमलामा मारिएका फराज ताहिर एक मात्र पुरुष हुन्।

प्रहरी आयुक्तले भने, ‘भिडियोमा सबै कुरा स्पष्ट छ। म यो पनि देख्न सक्षम छु, अन्वेषकहरूले पनि यो देख्न सक्षम छन् कि आक्रमणकारीले महिलाहरूलाई लक्षित गरे र पुरुषहरूलाई बचाए।’

अधिकारीहरूले आक्रमणपछि आक्रमणकारीको मानसिक स्वास्थ्य पनि यस आक्रमणको कारण हुन सक्ने बताएका थिए।

३ बैशाख, २०८१, ०९:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।