माइतीघरदेखि कृष्ण टावरसम्मको निषेधाज्ञा हट्यो

माइतीघरदेखि कृष्ण टावरसम्मको निषेधाज्ञा हट्यो
फाइल तस्बिर

काठमाडौं : काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधित क्षेत्र हटाइएको छ।

गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा नयाँ वर्षको दिनदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्नेगरी काठमाडौंका विभिन्न ठाउँलाई तोकेर निषेध जारी गरेकोमा हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौंको आजको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।’

यसअघि काठमाडौंका विभिन्न ठाउँमा दुई महिनाका लागि भन्दै भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो।

१ बैशाख, २०८१, ०७:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।