पाँच प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

पाँच प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो। 

बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा  रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२९ चैत, २०८०, ०७:२४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।