जिसस पूर्वप्रमुख गिरीको गाउँपालिका पूर्व उपाध्यक्षमाथि सुन्ने नसकिने जातीय विभेदजन्य गाली, प्रहरीमा उजुरी

जिसस पूर्वप्रमुख गिरीको गाउँपालिका पूर्व उपाध्यक्षमाथि सुन्ने नसकिने जातीय विभेदजन्य गाली, प्रहरीमा उजुरी

काठमाडौं : झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बरबहादुर गिरीले जातीय भेदभाव र दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ। 

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएका हुन्।

गिरीले चैत १८ गते फोन गरेर पार्टीको बैठकका विषयमा चासो राखेको र त्यसै क्रममा उनले पोर्तेलमाथि जातीय भेदभावजन्य शब्द प्रयोग गरेर दुर्व्यवहार र अपमान गरेको जाहेरीमा उल्लेख छ।

जाहेरीमा पोर्तेलले दलित भएकै कारण आफूमाथि विभेदजन्य शब्द प्रयोग गरेर अपमान र दुर्व्यवहार गरिएको उल्लेख गरेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीमा बुधबार जाहेरी दर्ता गराएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए।

उनका अनुसार पोर्तेलले जाहेरीसँगै टेलिफोनको अडियोसमेत संलग्न गरेका छन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताए।

गिरी २०७४ सालमा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए।  

 

२८ चैत, २०८०, २१:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।