६ जना पौडी खेल्न गएका थिए, २ जनाको डुबेर मृत्यु

६ जना पौडी खेल्न गएका थिए, २ जनाको डुबेर मृत्यु

काठमाडौं : तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ।

आज बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्न गएका बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

 ६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये दुई जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए। अन्य चारजना सकुशल रहेका छन्। 

मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए। 

जेठ ५, २०८१ शनिबार १८:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।