मनमैजुको निर्माणाधीन घरमा प्रहरी जवान मृत भेटिए

मनमैजुको निर्माणाधीन घरमा प्रहरी जवान मृत भेटिए

काठमाडौँ ; काठमाडौँको मनमैजुको निर्माणाधीन घरमा प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव तारकेश्वर नगरपालिका—९ मा फेला परेको हो।

उनी बिहीबार ड्युटी सकेर हिँडेपछि कार्यालय आएका थिएनन्। निर्माणाधीन घरको तल शव रहेको स्थानीयको खबरपछि प्रहरी घटनास्थल पुगेको थियो।

धारिलो हतियार प्रहारबाट मृत्यु भएको जस्तो अवस्थामा शव देखिएको एक प्रहरी अधिकारीले उकेरालाई जानकारी दिए। सुनसान स्थानमा बन्दै गरेको घर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरूको चहलपहल हुने प्रहरीले जानकारी पाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ।

जेठ ४, २०८१ शुक्रबार २३:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।