सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुखले प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन्। कमलबहादुर शाहले बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेस गर्न आह्वान गरे।

केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै शाह अल्पमतमा परेका थिए। उनले अन्य दलको समर्थन लिएर सरकार टिकाउन प्रयास गरे पनि नागरिक उन्मुक्ति पार्टीभित्र प्रदेश सांसदहरुबीचै विवाद देखिएपछि बहुमत नपुग्ने देखेर उनले बिहीबार राजीनामा दिएका थिए।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी शाहको पक्षमा थिए। तर पार्टी अध्यक्ष रञ्जिता भने शाहको विपक्षमा थिए। अन्तमा उन्मुक्तिका दुई सांसद विश्वासको मत दिन प्रदेशमा नजाने देखिएपछि उनले राजीनामा दिए।

२३ चैत, २०८०, १७:२१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।