व्यापारीसँग ३४ तोला सुन र १८ लाख घुस लिएका डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर, २ वर्ष कैद सजाय

व्यापारीसँग ३४ तोला सुन र १८ लाख घुस लिएका डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर, २ वर्ष कैद सजाय

काठमाडौं : इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) केसीलाई दुई वर्ष कैदसहित नौ लाख ५० हजार जरिवानाको फैसला गरेको हो।

बुटवलमा कार्यरत हुँदा २०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका- ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका डीएसपी केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैंसँग राखेकाे अख्तियारकाे भनाइ थियाे।

त्यसक्रममा डीएसपी केसीले अन्य व्यक्तिमार्फत मोलमोलाई गरी आठ लाख ५० हजार नगद र नौ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १८ लाख बिगो दाबी गर्दै गत भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेका थियो।

सम्बन्धित समाचार :
 

चैत २०, २०८० मंगलबार २१:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।