डीएसपी ठगबहादुर केसी निलम्बित, ३५ तोला सुन नियन्त्रणमा लिएर २५ लाख रुपैयाँ मागेको आरोप

डीएसपी ठगबहादुर केसी निलम्बित, ३५ तोला सुन नियन्त्रणमा लिएर २५ लाख रुपैयाँ मागेको आरोप

काठमाडौं। ३५ तोला सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हाे।

प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियाे। सुन नियन्त्रणमा लिएर व्यापारीसँग पैसा मागेको आरोपमा प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) को टोलीले केसीलाई निवासबाटै नियन्त्रणमा लिएको थियो।

उनको घरबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो। केसीले सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले पैसा बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको थियो।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

पुष १४, २०७९ बिहीबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।