३५ तोला सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्त

३५ तोला सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौँ : नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरी सेवाबाट बर्खास्त भएका छन्। 

प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।   

केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी हिजो (मंगलबार) देखि देखि बर्खास्त गर्ने निर्णय गरिएको हो।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए।

प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो। 

लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो।

समितिले केसीलाई फौजदारी कसुरअन्तर्गत छानबिन गर्न सिफारिस गरेको थियो।

केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको हो।

भुलवश राखिएको यसअघिको शीर्षक सच्याइएको छ- सम्पादक

१० साउन, २०८०, ०७:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।