मयंक यादव जसको बलिङको फ्यान भए ब्रेट लीदेखि डेल स्टेनसम्म

मयंक यादव जसको बलिङको फ्यान भए ब्रेट लीदेखि डेल स्टेनसम्म

एजेन्सी : आइपिएल २०२४ को शनिवार भएको खेलमा लखनउ सुपर जाएन्टले पन्जाब किङस्लाई पराजित गर्दा सबैको नजरमा परे बलर मयंक यादव।

लखनउले खेल २१ रनले जित्दा विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय खेलाडीहरूलाई समेत आफ्नो फ्यान बनाउन सफल भए मयंक। बलिङमा आफ्नो पेस र लाइन लेन्थले उनले धेरैलाई चकित बनाए। उनको खेल कौशल हेरेर ब्रेट ली, डेल स्टेन, केविन पीटरसन, इरफान पठान अनि टम मूडी जस्ता खेलाडीहरूले प्रशंसा गरे।

मयंकले खेलमा पञ्जावविरुद्ध चार ओभर बलिङ गरेका थिए। उनले चार ओभर खेल्दा २७ रन मात्र खर्चिए अनि तीन विकेट लिए। उनको बलिङमा सबैभन्दा मुख्य पक्ष थियो उनको स्पिड। उनले एक सय ५६ किलोमिटर प्रतिघण्टाको दरमा बल फ्याकेका थिए।

उनको यही गति देखेर दिग्गज क्रिकेटरहरू उनको फ्यान भए। ब्रेट लीले लेखे 'भारतलाई आफ्नो तीव्र बलर मिल्यो। नाम हो मयंक यादव।'

मयंकलाई सन् २०२२ को आइपिएलमा लखनउले २० लाख रुपैयाँमा टिममा लिएको थियो। तर उनले खेल्ने मौका पाएनन्। २०२३ को आइपिएलमा उनी घाइते भएकाले खेल्न पाएनन्। सन् २०२४ मा पाएको मौकाको सही सदुपयोग गरे उनले।

१८ चैत, २०८०, २०:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।