लचिलो बन्यो कांग्रेस : गृहमन्त्रीको राजीनामा मागिरह्यो, संसद चल्न दिइने

लचिलो बन्यो कांग्रेस : गृहमन्त्रीको राजीनामा मागिरह्यो, संसद चल्न दिइने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनुपर्ने माग दोहोर्याउँदै आइतबार पनि संसद अवरूद्व गर्यो।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारे।

उनले गृहमन्त्री लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौं न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो। सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गर्नुभयो। यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रश्न जन्मिएको छ।’

उनले गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढी बचत कर्ताको ८० करोड भन्दा बढी रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए। कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ।

उनले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढी बचत कर्ताको ८० करोड भन्दा बढी रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ। आज त्यो मिडिया सञ्चालनमा पनि छैन। अब त्यो विषयमा कस्ले जवाफ दिने हो? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ। यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो।’

कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध छानबिन समिति नबनाइए आजदेखि सदन अवरोध गर्ने चेतावनी दिएको थियो।

तर, शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले कांग्रेस लचिलो बनेको हो। जसअनुरूप आज कांग्रेसले संसद चल्न दिएको छ।

१८ चैत, २०८०, १२:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।