काठमाडौंमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु

काठमाडौं : काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धको मृत्यु भएको छ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो। उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

ती बृद्ध धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीय लक्ष्मी तामाङ भएको प्रहरीले बतायो।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१८ चैत, २०८०, ०९:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।