इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र ब्रेन्टफोर्ड बराबरीमा, एस्टन भिल्ला विजयी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र ब्रेन्टफोर्ड बराबरीमा, एस्टन भिल्ला विजयी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक/एक अंक लिएका छन्।

शनिबार राति भएको खेलमा दुवै टिमले इन्ज्योरी समयमा एक एक गोल गर्दै अंक बाँडेका हुन्।

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले इन्ज्योरी समयको छैटौं मिनेटमा अग्रता लिएको थियो।

युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए। उनले कासमिरोको पासमा गोल गरेका थिए।

१ गोलले पछि परेको ३ मिनेटपछि नै ब्रेन्टफोर्डले पनि बराबरी गर्न सफल भयो। क्रिष्टोफोर अजेरले इभान टोनीको पासमा गोल गर्दै अन्ततः खेल एक एकको बराबरीमा टुंग्याउन योगदान गरे।

बराबरीपछि म्यानचेस्टर युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ।

प्रिमियर लिगकै अर्को खलमा एस्टन भिल्ला विजयी भएको छ।

एस्टनले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो। एस्टनको जितमा मौसा डीबेको ३६ औं र एजिर नोगोयोको ६५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो।

जितपछि एस्टन ५९ अंकका साथ तालिकाको चौँथो स्थानमा उक्लिएको छ।

त्यसैगरी टोटनह्याम हटस्परले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गर्दा सेफिल्ड युनाइटेड र फुलह्यामले तीन तीन गोलको बराबरी खेलेका छन्।

नटिङघम फरेस्ट र क्रिष्टल प्यालेसले एक एक गोलको बराबरी खेल्दा चेल्सी र बर्नलेले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडे।

बर्नमाउथले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दा न्यक्यासल युनाइटेडले वेस्टह्याम युनाइटेडलाई ४–३ गोल अन्तरले स्तब्ध बनायो।

प्रिमियर लिगमा २९ औं चरणको खेल जारी रहँदा आर्सनल ६४ अंकका साथ तालिकाको शीर्ष स्थनमा रहेको छ।

समान ६४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक अंक कम भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहेको छ।

१८ चैत, २०८०, ०८:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।