'निर्मला पन्त प्रकरणमा अनुसन्धान चलिरहेकै छ'

'निर्मला पन्त प्रकरणमा अनुसन्धान चलिरहेकै छ'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धान अझै जारी रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले यस् प्रकरणलाई आफूले महत्त्वपूर्ण रूपमा हेरिएको भन्दै अनुसन्धान अझै जारी रहेको बताएका हुन्।

पहिलोपटक गृहमन्त्री बन्दैगर्दा उनको पहिलो निर्णयका रूपमा चितवनकी निर्मला पन्तको विषयको थियो। सोहीअनुरूप यस प्रकरणलाई गम्भीर रूपमा हेरिरहेको भन्दै गृहमन्त्री लामिछानेले सुरुआती अनुसन्धानमा केही समस्या भएका कारण अनुसन्धान ट्रयाकबाहिर जाँदा केही समस्या आएको बताए।

बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो। निर्मला पन्तलाई न्याय दिनुपर्ने छ। त्यसमा लागिरहने छु।’

५ वर्षअघि १३ वर्षीया निर्मलाको हत्या आरोपमा प्रहरीले कयौँ व्यक्तिसँग सोधपुछ गरे पनि आरोपीलाई पक्राउ गर्न सकेको छैन।

घटनालगत्तै कञ्चनपुरका दिलीप विष्ट पक्राउ परे पनि उनको डीएनए परीक्षण नमिलेपछि उनी थुनामुक्त भएका थिए।

१४ चैत, २०८०, १५:०२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।