राज्य व्यवस्थाको बैठकमा उठ्यो दुर्गा प्रसाईँको हतियारको विषय

राज्य व्यवस्थाको बैठकमा उठ्यो दुर्गा प्रसाईँको हतियारको विषय

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दुर्गा प्रसाईँको बडीगार्डबाट फेला परेको हतियारको विषय उठेको छ। विशेषगरि एमाले सांसदहरू रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठले यस विषय अत्यन्त गम्भीर विषय भएकाले यसबारे गृह मन्त्रालयले के गरिरहेको छ भनेर प्रश्न उठाएका थिए।

यसबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरले हतियारको अनुमति पाएको विषयबारे प्रहरीले छलफल गरिरहेको र अदालतबाट आएको आदेशलाई समेत मध्यनजर गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका थिए।

गृहमन्त्री रवि लामिछानेले समेत प्रसाईँको बडीगार्डबाट बरामद भएको हतियार र त्यसबारे भइरहेको अनुसन्धान प्रक्रियाबारे जानकारी गराएका थिए।

उनले प्रसाईँले पाएको हतियारको अनुमति कानुनभन्दा बढी पाएको देखिएकाले त्यसबारे अनुसन्धान भइरहेको भन्दै 'हतियारको अनुमति एउटाले पाएको, हतियार बोक्ने अधिकार अर्कै व्यक्तिले पाएको तर हतियार अर्कै व्यक्तिबाट फेला परेको आधारमा अनुसन्धान भएको र अदालतबाट आएको आदेशको आधारमा अनुसन्धान अगाडि बढाएको' बताएका थिए।

यसबारे मन्त्रालय गम्भीर रहेको र गम्भीर रूपमै अनुसन्धान हुने उनले बताएका थिए। 

१४ चैत, २०८०, १४:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।