प्रहरी महानिरीक्षकको दाबी' सुर्यदर्शन सहकारीमा रवि लामिछानेबारे तथ्य-प्रमाण छैन'

प्रहरी महानिरीक्षकको दाबी' सुर्यदर्शन सहकारीमा रवि लामिछानेबारे तथ्य-प्रमाण छैन'

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले सुर्यदर्शन सहकारीको ठगीमा रवि लामिछाने भन्ने ब्यक्ती बारे तथ्य प्रमाण नभेटिएको दाबी गरेका छन्।

राज्य व्यवस्था र सुशासन समितिको बैठकमा उठेको सहकारी ठगी सम्बन्धी विषयबारे बोल्दै उनले सहकारीको विषय गम्भीर विषय रहेको र नीतिगत तहमा सरकारले काम गरिरहेको उनले बताए।

'सहकारी विभागले सिफारिस गरेको हकमा प्रहरीले अनुसन्धान गर्ने गरेको छ। शुर्यदर्शन सहकारीको हकमा पाँच जना पक्राउ गरिएको र १४ जना फरार रहेका छन्' उनले भने।

उनले जीवी राइलाई पक्राउ गर्ने हकमा प्रहरी गम्भीर रहेको र उनी अहिले पनि मलेसियामा रहेकोबारे प्रहरी विश्वस्त रहेको भन्दै सुपुर्दगी गर्ने सम्बन्धमा अनौपचारिक रूपमा भए पनि अनुरोध गर्न मलेसियाको सरकारले आग्रह गरेपछि परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको खुलाए।

उनले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कागजपत्र पठाए पनि मलेसियाली सरकारले त्यति गम्भीर रूपमा नलिएको भन्दै इन्टरपोलले सहजीकरण गर्ने तर पक्राउ गरेर पठाउन बाध्य नहुने र मलेसियासँग नेपालको सुपुर्दगी सन्धि नभएको अवस्थामा जीवीलाई नेपाल ल्याउन समस्या परेको कुँवरले बताए।

उनले समितिको बैठकमै सहभागी गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी सम्बन्धमा तथ्य र प्रमाण नभएको दाबी गरे।

उनले गृहमन्त्री नभनी भने' रवि लामिछानेको सम्बन्धमा तथ्य-प्रमाण छैन। यसबारे थप भन्नुपरे मोहन साप(कास्की जिल्ला प्रहरी प्रमुख मोहन थापा) यही हुनुहुन्छ।'

१४ चैत, २०८०, १४:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।