सभापतिमाथि प्रश्न उठाउँदै सांसद गुरुङले भने- ‘यसरी बैठक बोलाउन पाउनुहुन्न तपाईंले’

सभापतिमाथि प्रश्न उठाउँदै सांसद गुरुङले भने- ‘यसरी बैठक बोलाउन पाउनुहुन्न तपाईंले’

काठमाडौं : एमाले सांसद् पृथ्वी सुब्बा गुरुङले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको बैठक बोलाउने तरिकाप्रति गम्भीर आपत्ति जनाएका छन्।

समिति सभापति रामहरि खतिवडाले कुनै अजेन्डाबेगर नै बैठक बोलाएको भन्दै उनले आपत्ति जनाएका हुन्। सभापति खतिवडा नेपाली कांग्रेसका सांसद् हुन्।

उनले प्रश्न गरे, ‘गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल भन्नुभएको छ। यस्तो पनि कुनै अजेन्डा हुन्छ र? कुन चाहिँ अजेन्डा हो? अजेन्डा क्लियर भए त्यहि विषमा छलफल हुन्थ्यो। बैठक राख्ने सभापतिज्यूको तरिकाप्रति मेरो गम्भीर आपत्ति जनाउँछु। यसरी बैठक बोलाउन पाउनुहुन्न तपाईंले।’

सांसद गुरुङले आफ्नो अधिकार क्षेत्रको विषयमा मात्र छलफल चलाउन आग्रह गर्दै सहकारी र लघुवित्त गृह मन्त्रालय अन्तर्गत नभएको बारे सभापति स्पष्ट हुन जरुरी रहेको बताए।

उनले अगाडि भने, ‘प्वाक्क अजेन्डा तोकेर बैठक बोलाउँदा मात्रै हेल्थी मिटिङ हुन्छ।’

१४ चैत, २०८०, १२:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।