सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा चार सय रुपैयाँले बढ्दा चाँदी तोलाको १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन १ लाख २६ हजार २ सय रुपैयाँ प्रतितोला तोकिएको छ।

त्यसैगरी मंगलबार १ हजार ५०५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको छ।

१४ चैत, २०८०, १०:४८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।