ई-रिक्सामा चार्ज लगाएर तार छुटाउँदा करेन्ट लागेर महिलाको मृत्यु

ई-रिक्सामा चार्ज लगाएर तार छुटाउँदा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं : जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाकाले बताए।

डिएसपी अवाका अनुसार उपचारका लागि न्यूरो हस्पिटलमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।

१३ चैत, २०८०, १६:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।