होली खेलेर साथीहरूसँग पौडी खेल्न गएका किशोरलाई नहरले बगायो

होली खेलेर साथीहरूसँग पौडी खेल्न गएका किशोरलाई नहरले बगायो

काठमाडौं : झापामा होली मनाएर पौडी खेल्न जाँदा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ।

शिवसताक्षी -११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर सोही ठाउँका १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो साढे २ बजेतिर साथीहरूले पनि पौडी खेलिरहेका ठाउँमा पौडी खेल्न गएका उनलाई नहरमा पस्नेबित्तिकै बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए।

नहरले बगाई सोही ठाउँको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई जानकारी गराएका थिए।

उनको लाशलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

१२ चैत, २०८०, १८:०३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।