बिहीबार २६ सयले बढेको सुन शुक्रबार १३ सयले घट्यो

बिहीबार २६ सयले बढेको सुन शुक्रबार १३ सयले घट्यो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार एक्कासी तोलामा २६ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख २६ हजार पाँच सय रुपैयाँमा कारोबार हुनेछ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँ हुँदा चाँदीमा ५५ रुपैयाँ घटेको छ।

शुक्रबार चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्दा सुनको मूल्यमा अहिलेसम्मको कीर्तिमान तोडिएको थियो।

९ चैत, २०८०, ११:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।