सुनको मूल्यले राख्यो नयाँ कीर्तिमान, एकै दिन २६ सयले बढ्यो

सुनको मूल्यले राख्यो नयाँ कीर्तिमान, एकै दिन २६ सयले बढ्यो

काठमाडौं : सुनको मूल्यले कीर्तिमान कायम गरेको छ।

बुधबारको तुलनाा बिहीबार सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख २७ हजार २ सय रुपैयाँ पुग्दा चाँदीको मूल्य भने १ हजार ५५५ रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सुनको मूल्य १ लाख २५ हजार २ सय रुपैयाँ हुँदा चाँदीको मूल्य १ हजार ५२० रुपैयाँ थियो।

८ चैत, २०८०, ११:५६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।