नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारको तेस्रो दिन झिनो अंकको गिरावट आएको छ। यस दिन ६.२४ अंकले घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा पुगि बन्द भएको छ।

कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २ हजार ६३ दशमलव ५३ विन्दुमा पुगेको थियो। त्यस्तै, मंगलबार कारोबार रकममा भने सोमबारको तुलनामा सुधार आएको छ।

यस दिन ३ अर्ब ६३ करोड ३९ लाख बढीको कारोबार भएको छ। सोमबार २ अर्ब २ करोड १७ लाख बढीको कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएका २४४ कम्पनीहरूमध्ये १ सय ५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ। यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य सर्वाधिक ७.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको करिब १९ करोडको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

६ चैत, २०८०, १६:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।