'कांग्रेसले चारै वर्ष संसद अवरोध गरोस्, दूधले नुहाएको पार्टी होइन त्यो पनि'

'कांग्रेसले चारै वर्ष संसद अवरोध गरोस्, दूधले नुहाएको पार्टी होइन त्यो पनि'
फाइल फोटो

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने कांग्रेसले नैतिकता र र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कांग्रेसले ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने, संसदीय छानबिन समिति र राजीनामा नै माग्ने कार्यमाथि प्रश्न उठाएका हुन्।

'देशमा अनियमितता गर्ने माथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन,' उनले भने।

कांग्रेस दूधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्यांकन गरेको उनले बताए।

कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्नु भन्दै व्यङ्ग्य गरे।

लामिछानेले संसद्‌मा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाई सम्मान गर्ने भन्दै छानबिन आयोगको विषय संसद्को अधिकारको कुरा भएको बताए।

कांग्रेसले संसदीय छानबिन समिति मागेको प्रसंगले उनले भने, 'त्यो उहाँहरूको माग्ने कुरा हो। माग्ने कुरा आफ्नो ठाउँमा छ, त्यो अब कुन ढंगले जान्छ, हेरौं।'

६ चैत, २०८०, १६:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।