फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी तोलामा १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।

६ चैत, २०८०, ११:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।