पाँच सयले घट्यो सुनको मूल्य, चाँदीमा १० रुपैयाँ कमी

पाँच सयले घट्यो सुनको मूल्य, चाँदीमा १० रुपैयाँ कमी

काठमाडौं :  कारोबार हुने साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्दा चाँदीमा तोलाको १० रुपैयाँ कमी आएको हो।

सोमबार छापावाल सुन तोलाको १ लाख २४ हजार पाँच सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख २३ हजार नौ सय रुपैयाँ छ।

यस्तै चाँदीको मूल्य तोलाको १ हजार ५२० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

५ चैत, २०८०, ११:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।