चार सयले घट्यो सुनको मूल्य

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ।

बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ ४ सयले घटेर शुक्रबार प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। हिजो तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ। चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।

२ चैत, २०८०, १२:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।