प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्विप जारी गरेको हो।

रास्वपा उपप्रधान तथा गृहमन्त्री सहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ।

प्रधानमन्त्री दाहालले भोली प्रतिनिधि सभाबाट विस्वासको मत लिँदैछन्।

२९ फागुन, २०८०, १०:४४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।