नाउपाका एक मन्त्रीलाई सपथ खुवाएर पदमुक्त भए सुदूरपश्चिमका प्रदेश प्रमुख जोशी

नाउपाका एक मन्त्रीलाई सपथ खुवाएर पदमुक्त भए सुदूरपश्चिमका प्रदेश प्रमुख जोशी

काठमाडौं : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी सरकारका नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराए लगत्तै पदमुक्त भएका छन्।

जोशीले नागरिक उन्मुक्ति पार्टीका नवनियुक्त विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीलाई शपथ ग्रहण गराए। त्यसपछि उनी प्रदेश प्रमुख जोशी पदमुक्त भए।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले जोशीसहित मधेशका प्रमुख हरिशंकर मिश्र र गण्डकीका पृथ्वीमान गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उनीहरू तीनैजना कांग्रेस निकट मानिन्छन्।

त्यससँगै बैठकले एमालेनिकट तीनजना प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो।

२८ फागुन, २०८०, २१:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।