जित सहज देखेपछि प्रचण्डले 'भाइ'लाई बनाए राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार

जित सहज देखेपछि प्रचण्डले 'भाइ'लाई बनाए राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार

काठमाडौँ : राष्ट्रिय सभाको अध्यक्षको विवादमा नेपाली कांग्रेससहितको  गठबन्धन तोडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकबाट आफ्नो भाइलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गराएका छन्।

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नातामा प्रचण्डका भाइ रहेका नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। राष्ट्रियसभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मङ्गलवार निर्वाचन हुने कार्य तालिका सार्वजनिक भइसकेको छ। राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल छिन्।

राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार चयन गर्न पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो। बैठक स्रोतका अनुसार अध्यक्षको उम्मेदवारको रूपमा अहिले उपाध्यक्ष रहेकी अर्यालसँगै हालै कांग्रेसहितको गठबन्धनबाट राष्ट्रिय सभामा पुगेका झक्कु सुवेदीबारे समेत चर्चा भएको थियो।

बैठकमा अग्नि सापकोटाले दाहालको नाम प्रस्ताव गरेका थिए। अन्तमा बैठकले उनकै नाम अनुमोदन गर्यो। चितवन शिवनगरका दाहाल प्रचण्डका साक्खे भाई हैनन्। दुबैका हजुरबुबाहरु दाजुभाई  हुन्। तर प्रचण्ड सत्ता शक्तीमाहुँदा सबैभन्दा धेरै सत्ताशक्तीको स्वाद पाउनेमा पर्छन् दाहाल

उनी संविधान जारी भएपछि २०६४ मा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारहुँदै संविधानसभा सदस्य बनेका थिए। २०७० को निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए तर पराजित भए। प्रचण्ड पहिलोपटक प्रधानमन्त्रीहुँदा उनी प्रधानमन्त्रिको प्रशासनिक सल्लाहकार बने। उनको छोरा समिर दाहाल त्यो बेलामा प्रचण्डको स्वकीय सचिव भएका थिए।

प्रचण्डको छोरा प्रकाश सचिवालयमा हावी भएपछि मात्रै समिर प्रचण्डको सचिवालयबाट आउट भएका थिए। २०७८ मा आएर नारायण राष्ट्रपतीबाट मनोनित हुने कोटामा मनोनित भएका थिए। 

राष्ट्रिय सभाको निर्वाचनताका नै कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति अनुसार उनी उम्मेदवार बनेर जिते पनि। तर राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनै पर्ने माओवादी केन्द्रको अडानका कारण गठबन्धन टुटेपछि सिटौलालाई अध्यक्ष बनाउने सहमति समेत टुट्यो। आइतबारै सिटौलाले प्रचण्डलाई भेटेर राष्ट्रिय सभाको अध्यक्ष बनाउने वाचा गराएर शान्तसँग बसेको व्यक्तिलाई राष्ट्रिय सभाको सदस्यको उम्मेदवार बनाएर धोका दिएको भन्दै रोष प्रकट गरेका थिए।

आइतबारै कांग्रेसले अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। भोट क्रस नभए एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको राष्ट्रिय सभामा सहजै बहुमत भएकाले कांग्रेसको उम्मेदवारी पार्टी अस्तित्व र प्रतिस्पर्धाका लागि मात्रै देखिन्छ। 

२७ फागुन, २०८०, ००:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।