नाइजेरियामा बन्दुकधारीहरूद्वारा २८० स्कुले विद्यार्थी अपहरण

नाइजेरियामा बन्दुकधारीहरूद्वारा २८० स्कुले विद्यार्थी अपहरण

एजेन्सी : नाइजेरियाको उत्तरपश्चिमी सहर कुरिगा शहरमा दर्जनौं बन्दुकधारीहरूले २८० भन्दा बढी विद्यालयका बालबालिकालाई अपहरण गरेका छन्।

स्थानीय समय अनुसार बिहान ८ः३० बजे सबै बालबालिका मैदानमा हुँदा मोटरसाइकलमा सवार दर्जनौं बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

अपहरणमा परेका बालबालिकाको उमेर ८ देखि १५ वर्ष रहेको उनीहरूको भनाइ छ। उनका एक शिक्षक पनि अपहरणमा परेका छन्।

कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका छन्। कुरिगा यस राज्यको एक भाग हो।

अपहरणकारी गिरोहहरूले नाइजेरियामा विगत केही वर्षहरूमा विशेष गरी देशको उत्तर-पश्चिमी भागमा सयौं मानिसहरूलाई अपहरण गरेका छन्।

कादुनाका गभर्नर उबा सानीले सरकारी माध्यमिक विद्यालयका १८७ र स्थानीय प्राथमिक विद्यालयका १२५ विद्यार्थी बेपत्ता भएको बताए। तर, तीमध्ये २५ जना फर्किसकेका छन्।

यसैबीच बन्दुकधारीले गोली हानेका एक विद्यार्थीको अस्पतालमा उपचार भइरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

२५ फागुन, २०८०, १०:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।