सामान्य सुधारसहित बन्द भयो नेप्से

सामान्य सुधारसहित बन्द भयो नेप्से

काठमाडौँ : सत्ता गठबन्धन बदलिएसँगै उछाल आएको शेयर बजार बुधवार सामान्य सुधारसहित बन्द भयो। बुधवार नेप्से सूचक ९.३३ अङ्कले बढ्दा परिसूचक २०१७.०३ बिन्दु कायम भयो।

बुधवारको बजारमा विकास बैङ्क ५.१८, वित्त २९.९८, होटेल ४४.१६, जलविद्युत २३.८९, उत्पादन तथा प्रशोधन ५४.४२, माइक्रोफाइनान्स २५.०२, निर्जीवन बीमा २९, अन्य १९.८५, ट्रेडिङ ३६.१२ अङ्कले बढ्यो।

३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको थियो। कारोबारमा १ सय ७५ कम्पनीको सेयर मूल्य बढ्दा ६२ कम्पनीको भने घटेको छ।

दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। स्वरोजगार लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रोपावर, गोर्खाज् फाइनान्स कम्पनीका लगानीकर्ता नाफामा गए।

मोलुङ खोला हाइड्रोपावर, बिपीडब्लू लघुवित्त, समता घरेलु लघुवित्तका लगानीकर्ताले भने लगानी गुमाए। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल पहिलो स्थानमा रह्यो। दोस्रोमा शिवम् सिमेन्ट र तेस्रोमा हिमालयन रिइन्स्योरेन्स रह्यो।

२३ फागुन, २०८०, १६:०९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।