बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या छ पुग्यो, ३७ जनाको उद्धार

बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या छ पुग्यो, ३७ जनाको उद्धार

काठमाडौं : कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

लु २ ख २१२१ नम्बरको बस बुधबार विहान पाँच बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीबाट त्रिशुली नदीमा खसेको थियो।

मृत्यु हुनेमा एक महिला र पाँच पुरुष रहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।

सशस्त्र प्रहरीको विपद व्यवस्थापन सुरक्षा बेश आदमघाट र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको टोलीले ३७ जनालाई जीवितै उद्धार गरेको छ।

बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य आठ जनाको खोजी भइरहेको गैह्रेले बताए। उनका अनुसार मृतकहरूको पहिचान खुलेको छ। चालक पनि घाइते छन्।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइते र मृतकहरूको उद्धार गरिरहेको छ।

२३ फागुन, २०८०, ०८:१५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।