जेब्रा क्रसिङमा हिँडिरहेका ९ वर्षीय बालकको बसको ठक्करबाट मृत्यु, छोराको शव देखेर बुवा बेहोस

जेब्रा क्रसिङमा हिँडिरहेका ९ वर्षीय बालकको बसको ठक्करबाट मृत्यु, छोराको शव देखेर बुवा बेहोस

चितवन : भरतपुरमा बसको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-७ माछापुच्छ्रे चोकमा ना ४ ख ५८१५ नम्बरको बसले जेब्रा क्रसिङमा हिडिँरहेका सोही ठाउँका बिक्रम पौडेलका ९ वर्षीय छोरा आरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै एक सयभन्दा धेरै स्थानीय घटनास्थलमा जम्मा भएका थिए। उनीहरूलाई प्रहरीले सम्झाएर घर पठाएपछि बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनास्थल र छोराको शव देखेपछि बुवा बिक्रम बेहोस भएका थिए। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको थियो।

शवलाई पोष्टमार्टमका लागि भरतपुरको सरकारी अस्पतालमा राखिएको छ भने बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ।

२२ फागुन, २०८०, ०९:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।