तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द

तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द

काठमाडौं : नयाँ राजनीतिक सत्ता समीकरणका बीच सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लागेर बन्द हुन पुग्यो।

१९७६ अंकबाट शुरु भएको नेप्से परिसूचक १२ बजेर ४ मिनेटसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लियो।

प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केही मिनेटमै पहिलो सर्किट लाग्यो।

त्यसपछि खुलेको बजार पुनः चार प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भयो।

२० मिनेटपछि खुलेको खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द हुन पुग्यो।

६ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर बजारमा किनबेच भयो।

२३२ कम्पनीको सेयर कारोबार भएको आज दुईवटा कम्पनी बाहेक बाँकी २३० वटा कम्पनीको सेयर मूल्य आज बढ्यो।

आज म्युचुअल फण्ड बोहक १२ वटा उपसूचक धनात्मक भए।

सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक आज ७.८६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ६.४१ प्रतिशतले, इन्भेष्टमेन्ट बैंक समूह ६.४० प्रतिशतले, लाइफ इन्स्योरेन्स ६.३२ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ६.१३ प्रतिशतले बढ्यो।

यस्तै, बैंकिङ समूहको उपसूचक आज ५.९४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ५.५८ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक ५.१५ प्रतिशतले बढे।

यसैगरी नन् लाइफ इन्स्योरेन्सको उपसूचक ४ प्रतिशतले बढ्दा आज माइक्रोफाइनान्स र ट्रेडिङ उपसूचक क्रमशः ३.०९ प्रतिशतले र ३.६५ प्रतिशतले बढे।

यता म्युचुअल फण्ड समूहको उपसूचक भने आज ०.१० प्रतिशतले घट्न पुग्यो।

२१ फागुन, २०८०, १३:००:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।