तीन प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

तीन प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायूको प्रभावका कारण आज हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अहिले आंशिकदेखि साधारणतया बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदलीको सम्भावना छ।

महाशाखाका अनुसार बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाकाे सम्भावना छ।

लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

१९ फागुन, २०८०, ०७:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।