२८.६८ अंकले ओरालो लाग्यो नेप्से

२८.६८ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौँ : शेयर कारोबार मापक नेप्से परिसूचक आज २८.६८ अङ्कले ओरालो लागेर १९७२.०९ मा सीमित भएको छ।

आज कारोबार भएका कूल १३ उप-समूह नै ओरालो लागेको छ। कूल ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ मूल्यमा कारोबार भएको छ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ।

जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार ४ सय ५५ रूपैयाँ, हिमालयन रिइन्स्योरेन्स ८ करोड ३ लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट छ करोड ५९ लाख ९१ हजार ६ सय ९६ र शिवम् सिमेन्ट ५ करोड २१ लाख १२ हजार ८ सय ७० बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन्।

बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

१७ फागुन, २०८०, १६:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।