मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा जनप्रतिनिधिको मृत्यु

मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा जनप्रतिनिधिको मृत्यु

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकामा बिजुली पोल ढलेर लाग्दा जनप्रतिनिधिको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर ७ मानदमारका वडा सदस्य समेत रहेका ४० वर्षीय रामकुमार तितुङको आफ्नै घर अगाडि हिँडिरहेको बेला विजुलीको पोल ढलेर लाग्दा मृत्यु भएको हो।

करेन्ट नभएको विजुलीका पोल ढलेर लाग्दा घाइते भएका उनको उपचारको क्रममा हेटौंडाको चुरेहित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

तितुङ एमालेबाट निर्वाचित वडा सदस्य थिए।

१६ फागुन, २०८०, १०:५५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।