आगलागीका कारण रोल्पामा एक वृद्धाको मृत्यु

आगलागीका कारण रोल्पामा एक वृद्धाको मृत्यु
सांकेतिक तस्बिर

रोल्पा : जिल्लाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ।

आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपरान्ह ४ः४५ बजे अचानक आगलागी भएको थियो।

घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।

तर वृद्धाको शरीर जलेका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए।

प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए। तर, आगलागीका बेला छोरा घरमा थिएनन्।

आगलागीको कारण भने खुलेको छैन।

१६ फागुन, २०८०, ०८:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।