२१ वर्षीय युवतीलाई आँपको बगै‌चामा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

२१ वर्षीय युवतीलाई आँपको बगै‌चामा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

सिरहा : २१ वर्षीया युवतीलाई आँपको बगै‌चामा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दास रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

आइतबार बेलुकी दासले ती युवतीलाई फकाएर सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको उजुरी प्राप्त भएको थियो।

सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन १५, २०८० मंगलबार १३:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।