१३.२८ अंकले बढ्यो नेप्से

१३.२८ अंकले बढ्यो नेप्से

काठमाडौं : सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो।

यसदिन सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर ३५५.९७ विन्दुमा बन्द भएको छ।

आज १० उप-समूहको सूचक बढ्दा ३ को सूचक नकारात्मक देखिए। तर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, नेपाल वेयर हाउजिङ कम्पनी, सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परेका छन्।

यसदिन तीन सय १४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भएका छन्।

१४ फागुन, २०८०, १७:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।