दुखद समाचार : ट्रक पल्टिदा किचिएका जुम्ल्याहा दाजु बहिनीसहित तीन जनाको मृत्यु

दुखद समाचार : ट्रक पल्टिदा किचिएका जुम्ल्याहा दाजु बहिनीसहित तीन जनाको मृत्यु

मोरङ : मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालवाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

भारतीय मालवाहक गाडी आर.जे. २९ जी.बी. १५६१  को पसलमा पल्टिँदा चार जना किचिएर घाइते भएका थिए। तीमध्ये स्थानीय चार वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए। उनीहरू जुम्ल्याहा दाजु बहिनी हुन्।

त्यस्तै, अर्की स्थानीय सात वर्षीया रिमा खवासको समेत मृत्यु भएको छ। ५८ वर्षीया ज्योती अधिकारी घाइते भएकी छिन्। ट्रकले किच्दा उनको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ।

ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

११ फागुन, २०८०, १७:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।