साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार, एक पक्राउ

साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार, एक पक्राउ

काठमाडौं : सिराहामा साथीको कोठामा लगेर नाबालिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनाएको छ।

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर १८ वर्षीय निकेश यादवले १५ वर्षीय नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले बताए।

बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको सिराहा प्रवक्ता पाण्डे बताएका छन्। उनका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन्। उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको सिराहा प्रहरीले जनाएको छ।

पक्राउ परेका पीडक र पीडित बालिका दुबै जनाको मेडिकल गराएर बाँकी प्रक्रिया अगाडि बढाइएको सिराहा प्रहरी प्रवक्ता पाण्डेको भनाइ छ।

प्रहरीका अनुसार दुबैजना साथी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अहिले पीडक यादवमाथि जबर्जस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भोला भट्टले बताए।

३ फागुन, २०८०, १७:१३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।