नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति गर्ने सम्झौता

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति गर्ने सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ। ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ।

१ फागुन, २०८०, ०८:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।