नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

काठमाडौं : नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन्।

संघको ४३ औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन्।

बैंक तथा वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव बटुलिसकेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबीए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा इण्डियन स्कुल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गरेका छन्।

पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरिसकेका छन्।

२७ माघ, २०८०, १४:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।