पाकिस्तानको निवार्चन प्रक्रियामा धाँधली भएको भन्दै अमेरिका र बेलायतद्वारा चिन्ता व्यक्त

पाकिस्तानको निवार्चन प्रक्रियामा धाँधली भएको भन्दै अमेरिका र बेलायतद्वारा चिन्ता व्यक्त

एजेन्सी : पाकिस्तानको निर्वाचन प्रक्रियामा हस्तक्षेप भएको सन्दर्भमा पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन्।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आफ्नो देशले पाकिस्तानी अधिकारीहरूलाई मौलिक मानवअधिकार कायम गर्न अपील गरेको बताएका छन्।

एक विज्ञप्तिमा क्यामरुनले सबै दलहरूलाई औपचारिक रूपमा चुनाव लड्न नपाएकोमा दुःख व्यक्त गरे।

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तानको चुनावमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलामा प्रतिबन्ध लगाएको आलोचना गरेका छन्।

निर्वाचन प्रक्रियाका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र इन्टरनेट तथा दूरसञ्चार सेवामा प्रतिबन्ध लगाइएको भन्दै अमेरिकाले निष्पक्ष निर्वाचनमा प्रश्न उठाएको छ।

पीटीआईले धाँधलीको आरोप लगाए पनि कुनै प्रमाण पेश गरेका छैनन्। इमरान खानले आफ्नो पार्टी र कार्यकर्तालाई आफ्नो भोट जोगाउन सल्लाह दिएका छन्।

पाकिस्तानको निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरेको छैन। पाकिस्तानको नेशनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउँदैछ।

२७ माघ, २०८०, ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।