‘सदनलाई घोचपेच र ज्ञान बाँड्ने थलो नबनाउनुस्, रास्वपा त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो।’

‘सदनलाई घोचपेच र ज्ञान बाँड्ने थलो नबनाउनुस्, रास्वपा त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो।’

काठमाडौं : आफूहरू अलि फरक बनाउने प्रस्तावसहित आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा घोचपेच बढी नगर्न दलहरूलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभामा बुधबार बोल्दै सभापति लामिछानेले वक्ताहरूलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरू गर्न आग्रह गरे।

उनले भने, ‘सदनलाई घोचपेच र ज्ञान बाँड्ने थलो बनाएको हो भने आफ्नै दलबाट सुरु गर्नुस् न। यदि नयाँ दल हेर्नु भएको हो भने रास्वपा त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो। पुराना दलहरूले आफ्ना दलभित्र एक चोटि हेर्ने हो की?’

केही सांसदले सहकारीको प्रसंगमा लामिछानेको नाम नलिई दोषी माथि छानबिन र कारबाहीको माग गरेको प्रति सभापति लामिछानेले असन्तुष्टि जनाए।

‘जहाँ अदालतले फैसला गरेका मानिसहरू दलका पदाधिकारी भएर बसेका छन्। विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने भनिएको छ त्यसतर्फ एक चोटि हेर्ने हो की। सरकारी जग्गा हिनामिना गर्ने मान्छेहरू आफ्नै दलका वरपर छन्, पहिला पार्टीगत रुपमा तिनलाई कारबाही गर्ने हो कि, नागरिकता किर्ते गर्नेलाई कारबाहीको दायरामा ल्याउने हो कि, सहकारी ठगहरूलाई कारबाहीमा ल्याउने हो कि,’ उनले भने।

अपराधीहरू वर्षौदेखि सरकार र राजनीति शक्तिकै वरिपरी रहेको भन्दै उनले कारबाही गर्न केले रोक्यो भन्दै सरकारलाई प्रश्न गरे।

आरोप प्रत्यारोपको शृंखला बन्द गरेर नीति निर्माणमा दिन उनले आग्रह गरे।

२४ माघ, २०८०, १५:१२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।